बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गर्ने निणर्य

नौलो समाचार संवाददाता
२०८० भाद्र १, शुक्रबार मा प्रकाशित २३० पटक पढिएको
बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गर्ने निणर्य

भदौ १, काभ्रे। रोशी गाउँपालिकामा स्थानीय विपद व्यवसपन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा बसेको बैठकले बिपदमा परेका रोशीका स्थानीयलाई राहत वितरण गर्ने र विपद व्यवस्थापन समिति वडातहसम्म गठन गर्ने निणर्य गरेको हो ।

शुक्रबार बसेको बैठकले सो निणर्य गरेको हो । सो बैठकले आगामी भदौ १५ गते भित्र रोशी गाउँपालिकाको वडा तहसम्म वडा विपद व्यवस्थापन समिति गठन गर्ने निणर्य गरेका छन् । रोशी गाउँपालिकामा १२ वटा वडा रहेकोमा सबै वडामा समिति गठन गरी विपद व्यवस्थापन राहत कोष स्थापना गर्न लगाउने निणर्य भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । कोष संकलन गरी विपदमा आवश्यक पर्ने सामग्रीहरू खरीद गरी विपदका लागि तयारी अवस्थामा राख्ने पनि बैठकले निणर्य गरेको लामाले जनाएका छन् ।

वडा-वडामै विपद व्यवस्थापन समिति र विपद व्यवस्थापका लागि प्रयोग हुने सामग्रीको तयारी अवस्थामा राखेमा समयमै उद्धार तथा विपद व्यवस्थापन हुने गाउँपालिका अध्यक्ष लामाको भनाई छ । ‘हामीले वडा तहसम्मै विपद व्यवस्थापन समिति गठन गर्ने निणर्य गरेका छौँ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘कुनै वडामा विपद पर्दा गाउँपालिकादेखि जाँदा ढिला भैसक्ने भएकाले वडातहसम्म नै समिति गठन गर्ने र उद्धार सामग्री खरितद गरी तयारी अवस्थामा रहने निणर्य गरेका छौँ । जसले गर्दा विपद भैहालेमा धनजनको क्षती कम हुनेछ भन्ने हामीलाई लाग्छ ।’

सोही बैठकले स्थानीय विपद व्यवस्थापन समितिमा परेको निवेदन माथी छलफल गरी राहद रकम उपलब्ध गराउने निणर्य पनि गरेका छौँ । समितिमा १० वटा निवेदन परेकोमा आवश्यकता हेरेर राहत रकम उपलब्ध गराउने निणर्य गरेको लामाले जानकारी दिए ।
वडा नं. ९ का नेपाल सिं तामाङको केही समय अगाडी गोठ जलेर भैसी र बाख्रा क्षती भएको थियो उनलाई राहत रकम उपलब्ध गर्ने भएको छ । त्यस्तै वडा नं. १ का बजेन्द्र कुमार लामाको घर जलेर नष्ट भएको थियो, वडा नं. ५ का साईला तामाङको घर भत्कीएको थियो, वडा नं. ८ की कान्छीमायाँ तामाङको पनि घर भत्कीएको थियो, वडा नं. १ का सन्तमायाँ विकको ३/४ वटा बाख्रा मरेको थियो, वडा नं. ११ का खड्ग बहादुर किंरीङकी छोरी ग्याँस पड्केर घाईते भएकी थिईन्् । उनीहरूलाई राहत रकम उपलब्ध गर्ने निणर्य गरेको लामालको भनाई छ । ‘समितिमा १० वटा निवेदन परेको थियो । ती निवेदनहरूलाई सम्बोधन गर्ने निणर्य गरेका छौँ ।’ लामाले भने, ‘राहत रकमले पिडितहरूलाई पूणर्रुपमा सम्बोधन नभएपनि घाउँमा मल्हमको काम गर्नेछ भन्ने विश्वास लिएका छौँ ।’

पहिरोले खानीपानीको मुहान क्षती पुगेको भन्ने केही निवेदन पनि प्राप्त भएकोमा त्यस बिषयमा स्थलगत अनुगमन गरी आवश्यकता अनुसार राहत उपलब्ध गराउने भन्ने पनि बैठकले निणर्य गरेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस