गायक तथा संचारकर्मी कपिल कसपालको यात्रा अब टेलिभिजन तर्फ

नौलो समाचार संवाददाता
२०८० भाद्र २३, शनिबार मा प्रकाशित १३२५ पटक पढिएको

गायक तथा संचारकर्मी कपिल कसपालको यात्रा अब टेलिभिजन तर्फ

भदौ २३, भक्तपुर। गायक तथा संचारकर्मी कपिल कसपालले अब टेलिभिजनमा पनि आफ्नो यात्रा सुरुवात गरेका छन् ।

यात्रा रहेछ जिन्दगी” शिर्षकमा टेलिभिजन कार्यक्रम लिएर आएका छन जुन कार्यक्रम Seven Star 4K टेलिभिजनबाट प्रत्येक मंगलबार ७:१५ राति प्रशारण हुने गर्दछ।

कार्यक्रममा समाजका चर्चित ब्यक्तित्वहरुसँग जिन्दगीका संघर्ष, सफलता, असफलतालाई प्रेरणादायी हिसाबले प्रस्तुत गर्ने गरिन्छ।

कार्यक्रम मार्फत नयाँ पुस्ताले जिवनमा सफल हुन सजिलो छैन। सफल हुन के कति मेहनत संघर्ष गर्नुपर्दो रहेछ भनेर शिक्षा लिन सक्नेछन् ।

कपिल कसपालले भक्तपुर एफएम १०५.४ मेगाहर्जमा चर्चित कार्यक्रम The kapil kaspal Show पनि संचालन गर्दै आइरहेका छन्।

गायक कपिल कसपालको विभिन्न सामाजिक गतिविधिमा पनि सहभागिता रहने गरेको छ भने दर्जनौं गीतहरु गाएका छन र रचना गरेका छन्।

टेलिभिजन यात्रा अनि कार्यक्रम “यात्रा रहेछ जिन्दगी “लाई पनि दर्शक श्रोताले हेरेर सुनेर प्रतिक्रिया दिन तथा सदा झै माया र हौसला दिनुहुनेछ भन्ने कुरामा कसपाल आशावादी छन्।


प्रतिक्रिया दिनुहोस