विभिन्न कार्यक्रम गर्दै भक्तपुर सानोठिमीको नालन्दा विद्या मन्दिरले मनायो तीज विशेष कार्यक्रम 

नौलो समाचार संवाददाता
२०८० भाद्र ३०, शनिबार मा प्रकाशित १०८१ पटक पढिएको
विभिन्न कार्यक्रम गर्दै भक्तपुर सानोठिमीको नालन्दा विद्या मन्दिरले मनायो तीज विशेष कार्यक्रम 

भदौ ३०, भक्तपुर। भक्तपुर सानोठिमीमा रहेको नालन्दा विद्या मन्दिरले शनिवार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष रामहरी फुयालको प्रमुख आतिथ्यता एवं प्रधानाध्यापक बसन्त अर्यालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि फुयालले शैक्षिक क्षेत्रमा नालन्दा स्कुलले छुट्टै पहिचान बनाएको भन्दै व्यवहारिक /नैतिक शिक्षा, समयसापेक्ष प्रविधिमैत्री वातावरणमा विद्यार्थीहरुलाई प्रोत्साहन गरिरहेको उल्लेख गर्नुभयो।

शिक्षिका वीणा पौड्यालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलमाया देवकोटा, सह-प्रधानाध्यापक तिलविक्रम भारती, शैक्षिक कार्यक्रम इन्चार्ज हरिकृष्ण उप्रेती, प्रि-प्राइमरी इन्चार्ज अमिता श्रेष्ठ, बिधालय व्यवस्थापन समिति सदस्यहरु, शिक्षक- शिक्षिकाहरु, कर्मचारी, अभिभावक, समाजसेवी एवं विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहयोगमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गर्नुभयो।

यस्तै २०७९ को एस.इ.ई परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको कार्यक्रमको सञ्चालन शिक्षीका द्वय देवकी धिताल र जानुका खत्रीले गर्नुभएको थियो।

३ सय ५० जना विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयको तिज विशेष कार्यक्रममा नृत्य, संगित लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम समेत सम्पन्न भएको शैक्षिक कार्यक्रम इन्चार्ज हरिकृष्ण उप्रेतिले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस