एविएम स्कुल बनेपाले १३२ जना विद्यार्थीहरुलाई स्वागत गर्दै १२८ विद्यार्थीलाई बिदाइ गर्यो 

नौलो समाचार संवाददाता
२०८० आश्विन २, मंगलबार मा प्रकाशित ७७० पटक पढिएको
एविएम स्कुल बनेपाले १३२ जना विद्यार्थीहरुलाई स्वागत गर्दै १२८ विद्यार्थीलाई बिदाइ गर्यो 

भदौ २, काभ्रे। आदर्श विद्या मन्दिर (एविएम) स्कुलले कक्षा ११का नयाँ विद्यार्थीहरुलाइ स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ।

बनेपा नगरपालिका उप-प्रमुख विमला सापकोटा दाहालको प्रमुख आतित्थ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद काफ्लेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले प्रबिधिमैत्री शिक्षा वा स्नातक गरेर मात्रै बिदेशमा जान विद्यार्थीहरुलाइ आग्रह गर्नुभयो।

कार्यक्रममा प्याब्सन काभ्रे अध्यक्ष श्याम भुजेल, एन प्याब्सन काभ्रे अध्यक्ष अग्नीप्रसाद ज्ञवाली, एस.ओ.एस स्कुलका प्रिन्सिपल नरेश्वर आचार्य, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, विभिन्न विद्यालयका प्रिन्सिपलहरु, समाजसेवी, विद्यार्थी एवं शिक्षक शिक्षिकाहरुको बाक्लो उपस्थिति रहेको थियो।

महर्षि मुद्गल सान्दीपनी गूरुकुलका बटुकहरुबाट स्वस्तिक वाचन सहित  समुद्घाटन गरिएको कार्यक्रममा प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले स्कुलको संक्षिप्त विवरण सहितको मन्तव्य राख्नुभयो।

कक्षा १२ की छात्रा हिमशिखा तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा कक्षा ११ का १३२ जना विद्यार्थीहरुलाई नाम सहितको व्याज वितरण गरि स्वागत तथा १२८ जना विद्यार्थीहरुलाइ मायाको चिनो सहित बिदाई गरिएको थियो । विद्यार्थीहरुले गित, नृत्य, सहित मनोरञ्जनात्मक प्रस्तुती दिएको उक्त कार्यक्रमको पहिलो सत्र शिक्षक-शिक्षिका केशव दाहाल र शान्ति पराजुलीले सञ्चालन गर्नुभयो भने दोश्रो सत्र विद्यार्थीहरु भूमिका केसी र विपिन तिमल्सिनाले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस