अबदेखि पुलिस रिपोर्ट बनाउदा मुद्दा/ कसुर उल्लेख नगरिने 

नौलो समाचार संवाददाता
२०८० आश्विन २, मंगलबार मा प्रकाशित ५९५ पटक पढिएको
अबदेखि पुलिस रिपोर्ट बनाउदा मुद्दा/ कसुर उल्लेख नगरिने 

असोज २, काठमाण्डाै। अबदेखि चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने भएको छ ।

गृह मन्त्रालयबाट राजपत्रमा प्रकाशित ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख नगरिने भएको हो ।

कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भइसकेको भए पनि अभियोग वा कसुर उल्लेख नगरl चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ ।

यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भए पनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा धेरै नागरिकलाई मर्का परेको थियो ।

साथै अनलाइन आवेदन दिएको पाँच दिनभित्रै प्रमाणपत्र पाउने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस