चुनावी प्रतिवद्धताको पालना : रोशीमा १७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा

नौलो समाचार संवाददाता
२०८० आश्विन १३, शनिबार मा प्रकाशित ६७६ पटक पढिएको
चुनावी प्रतिवद्धताको पालना : रोशीमा १७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा

रोशी / स्थानीय तहको निर्वाचन २०७९ मा रोशी गाउँपालिकामा निवार्चित जनप्रतिनिधीले आफ्नो चुनावी प्रतिवद्धता पुरा गर्दै लगेका छन् । उनीहरुले पदभार ग्रहण गर्दा गरेका निर्णय पनि कार्यान्वयन गरेका हुन् । रोशीले एक हजार ७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । ६० देखि ७० बर्षसम्मका नागरिकको दुई हजार ६ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य विमा भएको अध्यक्ष दिनेश लामाले जानकारी दिए । ८ सय ६८ परिवारको संघीय सरकारले निःशुल्क विमा गरेको हो भने भने १ हजार ७ सय ८० परिवारको रोशी गाउँपालिकाले विमाबापतको रकम व्येहोरेको हो ।
रोशी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठका अनुसार रोशीको जनसंख्याको ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य विमा भएको छ । २३ हजार ७ सय ९० जनसंख्या रहेकोमा ८ हजार ८ सय ७८ जनाको स्वास्थ्य विमा भएको उनले जानकारी दिए । एक हजार ७ सय ८० परिवारको गाउँपालिकाले निःशुल्क विमा गरिदिएको छ । ७० बर्ष माथीका ८ सय १४ परिवारको नेपाल सरकारले निःशुल्क विमा गरेको छ । ५४ जना पूर्ण अपांगता भएका नागरिकहरूको पनि निःशुल्क विमा भएको छ । ४ सय १ परिवारले आफै विमा शुल्क बेहोरेर स्वास्थ्य विमा गरेका छन् । स्थानीय सरकारको महशुस गराउन निःशुल्क स्वास्थ्य विमा लागू गरेको अध्यक्ष लामाले जानकारी दिए । रोशीका नागरिकले पैसाको अभावमा स्वास्थ्य उपचारबाछ बञ्चित नहोस भन्ने हेतुले पनि यस्तो कार्यको शुरुवात गरेको उनले बताए ।
तत्कालिन समयमा जेष्ठ नागरिकको तथ्यांक अनुसार एक करोड अनुमानित गरेकोमा आर्थिक बर्ष २०७९/८० मा ८० लाख बजेट विनियोजन भएको मध्ये ६२ लाख ५४ हजार एक सय खर्च भएको थियो ।
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले संघीय सरकारले ७० बर्ष माथीका नागरिकको निःशुल्क स्वास्थ्य विमा गरेकोमा त्यसको दायरा बढाएर ६० बर्ष माथिका नागरिकको निःशुल्क स्वास्थ्य विमा गरेको बताए । स्वास्थ्य बिमा बोर्ड काभ्रेकी प्रमुख मुना निरौलाले विमालाई महत्व दिएर रोशी गाउँपालिकाले उदाहरणीय कार्य गरेको बताइन् ।


प्रतिक्रिया दिनुहोस