दशैंमा भुम्लु जान कांग्रेसले निशुल्क बस व्यवस्थापन गर्ने

नौलो समाचार संवाददाता
२०८० आश्विन २१, आईतबार मा प्रकाशित २३१५ पटक पढिएको
दशैंमा भुम्लु जान कांग्रेसले निशुल्क बस व्यवस्थापन गर्ने

भुम्लु/ दशैंमा घर फर्कने भुम्लुवासीको लागि नेपाली कांग्रेस भुम्लुले निशुल्क बसको व्यवस्थापन गर्ने भएको छ । कांग्रेस भुम्लु गाउँ कार्यसमितिको बैठकले विभिन्न पेशा, व्यबसाय र अध्ययनको सिलसिलमा काठमाडौं उपत्यकामा रहेका भुम्लुका आम नागरिकको सहजताका निशुल्क बस व्यवस्थापन गर्ने निर्णय गरेको सभापति जितेन्द्रमान तामाङ (दाबा) ले जानकारी दिए ।
उनका अनुसार, गाउँपालिकाका सबै वडामा बस व्यवस्थापन गरिनेछ । यात्रुको चापको आधारमा बस संख्या र मिति निर्धारण गरिने उनले जानकारी दिए । नेपाली कांग्रेस भुम्लुले यसअघि २०७८ सालको दशैंमा पनि निशुल्क बसको व्यवस्थापन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस