दोलालघाटमा बजार अनुगमन, म्याद गुज्रेका सामान बरामद

नौलो समाचार संवाददाता
२०८० आश्विन २२, सोमबार मा प्रकाशित १८९४ पटक पढिएको
दोलालघाटमा बजार अनुगमन, म्याद गुज्रेका सामान बरामद

भुम्लु/भुम्लु गाउँपालिकाले व्यापारिक केन्द्र दोलालघाट बजारमा अनुगमन गरेको छ । चाडपर्व नजिकिएको र उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरिएको हो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीसहित कर्मचारी, उद्योग वाणिज्य संघका प्रतिनिधीसहितको टोलीले दोलालघाट क्षेत्रका किराना, होटल लगायतका पसलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा म्याद गुज्रेका बियर, चिसो लगायतका पेय पदार्थ लगायत अन्य खाद्यान गरी १ लाख बराबरको सामान जफत गरिएको गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले जानकारी दिए । उनका अनुसार, जफत गरिएको सामान मुचुल्का गरी नष्ट गर्ने तयारी छ ।

जिल्ला बजार अनुगमन समितिले पनि चाडपर्व लक्षित अनुगमन गरिरहेको छ भने स्थानीय तहले पनि बजार अनुगमन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस