पनौती–१० मा सहकाली देवीको मन्दिर, सहयोगी सम्मानित

नौलो समाचार संवाददाता
२०८० आश्विन २७, शनिबार मा प्रकाशित ७९७ पटक पढिएको
पनौती–१० मा सहकाली देवीको मन्दिर, सहयोगी सम्मानित

पनौती\ पनौती–१० मा सहकाली देवीको मन्दिर स्थापना गरिएको छ । परापूर्वकालदेखि स्थानीयले पूजा गर्दै आएको देवीस्थानमा मन्दिर स्थापना गरिएको हो ।

सहकाली देवीको पूजा गरे रोगव्याधी नलाग्ने, महामारी नफैलने, अनिकाल नहुने, मनोकामना पुरा हुने विश्वास रहँदै आएको सहकाली देवी मन्दिर निर्माण समितिका कोषाध्यक्ष उद्धव आचार्यले जानकारी दिए ।

मन्दिर निर्माणको लागि स्थानीय कृष्णबहादुर थापाले ५ आना, विदुरप्रसाद आचार्यले १ आना ३ पैसा जग्गादान गरेका छन् । कार्यक्रममा जग्गादाता, चन्दादाता र मन्दिर निर्माणमा संयोजन र योगदान गर्ने माधव थापा लगायतलाई सम्मान गरिएको थियो ।
मन्दिर निर्माणको लागि बाग्मती प्रदेशले १० लाख, पनौती नगरपालिकाले ५ लाख र स्थानीयहरुबाट संकलित चन्दा समेत ३० लाखको लागतमा निर्माण गरिएको सहकाली देवी मन्दिर निर्माण समितिका अध्यक्ष केदारबहादुर थापाले जानकारी दिए ।

बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले मन्दिर उद्धघाटन गरे । उनले सो क्षेत्रको जनप्रतिनिधिको रुपमा सो स्थानका हरेक विकासमा आफ्नो साथ रहने प्रतिवद्धता व्यक्त गरे । मन्त्री लामाले वडामा बाटो र खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा पनौती वडा नम्बर १० का वडाअध्यक्ष मोहनबहादुर भण्डारी, नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले धार्मिक क्षेत्रको संरक्षण, पुर्वाधार विकास र प्रवर्द्धन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस