बनेपा बचतको साधारणसभामा सम्मान

नौलो समाचार संवाददाता
२०८० आश्विन २८, आईतबार मा प्रकाशित ३५२ पटक पढिएको
बनेपा बचतको साधारणसभामा सम्मान

काभ्रे \ बनेपा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्ति तथा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको २४ औं बार्षिक साधारणसभाको अवसर पारेर जेष्ठ सदस्य र उत्कृष्ट कारोवार गर्नेलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा ८४ बर्षीय ज्वालादेवी श्रेष्ठ, ८० बर्षीय रुकमणी बैदार, ८२ बर्षीय चन्द्रमाया खिबञ्जा, ८१ बर्षीय चन्द्रप्रभा श्रेष्ठ, ८२ बर्षीय सुन्दरीमाया बादे, ७९ बर्षीय चुनमाया प्रजापति, ७९ बर्षकै रामकाजी बैदार, ८१ बर्षीय कमललक्ष्मी कारञ्जित, ७८ बर्षीय विष्णुमाया कायस्थ, ७८ बर्षकै सुर्जमाया धन्जु र ८० बर्षीय हरिमैया दाहाल र ८० बर्षकै शुभद्रा पसछें छन् । उत्कृष्ट कारोबार गर्ने बचतकर्ता नालाका हरिसुन्दर श्रेष्ठ, लघुवित्त सदस्य सरिता फैँजु, उत्कृष्ट ऋण कारोबार गर्ने नरबहादुर घिसिङ, सरस्वती चौप्रधान, दिलकुमारी बुढाथोकी र खुत्रुके बचत सदस्य सरुण प्रधान, रेहान भैल, समर मानन्धर, जेनिफर तामाङ र अनाया अवालाई सम्मान गरियो । वाग्मती प्रदेश सभा सदस्य रहेका पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले उनीहरुलाई सम्मान गरेका थिए । बादेले सहकारी मार्फत आर्थिक समृद्धी हासिल गर्नुपर्ने बताए ।

कार्यक्रममा बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका सचिव गोविन्द प्रसाद काफ्ले, बनेपा वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, काभ्रेपलाञ्चोक जिल्ला बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष विधान जोशी, बनेपा बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार राजु सरकार, अध्यक्ष अमन पोटे श्रेष्ठ, सञ्चालक शर्मिला मल्ली लगायतले सहकारी क्षेत्रबारे चर्चा गरेका थिए ।

साधारणसभाले सचिव जितेन्द्र नकर्मी, कोषाध्यक्ष सुविन मानन्धर, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक जगदीप पलाञ्चोकेले पेश गरेको प्रतिवेदन पास गरेको छ । २ करोड ३६लाख शेयर पुँजी रहेको सहकारीले यो बर्ष कुल २७ करोड १४ लाख ६२ हजारको कारोबार गरी ३१ लाख सञ्चालन मुनाफा कमाएको छ ।


प्रतिक्रिया दिनुहोस