आफ्ना दलका नेता र सन्तानको नाम आएपछि सरकारले सुशासन विर्सियो : कांग्रेस केन्द्रीय सदस्य हुमागाई

नौलो समाचार संवाददाता
२०८० आश्विन २८, आईतबार मा प्रकाशित ६९२ पटक पढिएको
आफ्ना दलका नेता र सन्तानको नाम आएपछि सरकारले सुशासन विर्सियो : कांग्रेस  केन्द्रीय सदस्य हुमागाई

पनौती –आफ्ना दलका नेता तथा तीनका सन्तानको नाम आएपछि सरकारले सुशासन विर्सिएको आरोप कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले लगाएका छन् । माओवादीप्रति लक्षित गर्दै उनले सरकारमा रहेकाले प्रतिशोध पूर्ण राजनीति गरेको आरोप लगाए ।

नेपाली कांग्रेस काभ्रे प्रतिनिधी सभा क्षेत्र नं १ को प्रदेश सभा (ख)ले पनौतीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाइ कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य हुमागाईले अराजकताले प्रशय पाएको तर्क गरे । ‘सरकारले केही समय अघि सुशासनको अभियान चलायो तर आफ्नो दल (माओवादी केन्द्र) का नेता र तीनका सन्तानको नाम आएपछि सरकारले सुशासन विर्सियो,’ हुमागाईले भने । कांग्रेसका कार्यकर्तामा पनि विचलन आएको स्विकार्दै उनले पार्टी, साथी र संगठन बलियो बनाएर मात्रै जनताकोमा जान सकिने बताए । ठूलो पार्टीको बलियो कार्यकर्ता हुनुमा गर्व हुने भन्दै उनले पार्टी संगठन निर्माणमा कृयाशिल हुन सबैमा अनुरोध गरे ।

बाग्मतीका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री रहेका कांग्रेस जिल्ला सभापति तीर्थ लामाले कांग्रेस पार्टीलाई जीवन्त राख्न आफूले कुनै पनि मुूल्य चुकाउन तयार रहेको प्रतिवद्धता जनाए । पार्टीका आन्तरिक जीवनमा भएका कमीकमजोरी सुधारेर अघि बढेमात्रै कांग्रेस बलियो हुने भन्दै शसक्त कांग्रेस अहिलेको आवस्यकता भएको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईलाई बधाईसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बाग्मती प्रदेश सदस्य गुमानसिं लामा, जिल्ला सचिव गुणराज मोक्तान, कोषाध्यक्ष जगन्नाथ गिरी, प्रवक्ता सन्तमान लामा, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रवक्ता सन्तमान लामा, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, महासमिति सदस्य सार्कीमान बल, मिरा नेपाली, महाधिवेशन प्रतिनिधी इश्वरी ओझा, पनौती नगर प्रमुख रामशरण भण्डारी, खानीखोला गाउँपालिका सभापति समेत रहेका उपाध्यक्ष दोर्जेमान जिम्बा, नमोबुद्ध नगर उपसभापति इन्द्रबहादुर दाहाल, प्रदेश सभा १ (ख) का सभापति चन्द्रबहादुर लामा, सचिव अनिश बल कांग्रेस र संगठन बारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस