एमाले नेता चढेको जिप दुर्घटना

नौलो समाचार संवाददाता
२०८० कार्तिक १२, आईतबार मा प्रकाशित ३७५ पटक पढिएको
एमाले नेता चढेको जिप दुर्घटना
तस्वीर : सामाजिक सञ्जाल

बेथानचोक \ एमाले नेता नविना लामा, संविधानसभा सदस्य रामहरी सुवेदी, बाग्मती प्रदेश उपसचिव भक्तकुमारी लामालगायतका चढेको जीप दुर्घटना भएको छ ।

खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा आयोजित चियापान कार्यक्रममा सहभागी भएर फर्किएका एमाले नेताहरु सवार बा १४ च ७०७७ न. को बोलेरो जीप गाडी बेथानचोक १ स्थित निगालेडाँडामा दुर्घटनामा परेको हो ।

गाडीमा सबार १८ मध्ये घाइते ११ जनालाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

*यसअघि असावधानीवश सांसद नविना लामा उल्लेख भएकोमा सच्याइएको छ ।


प्रतिक्रिया दिनुहोस