मिनिट्रक पल्टदा २ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०८० कार्तिक १४, मंगलबार मा प्रकाशित ५४४ पटक पढिएको
मिनिट्रक पल्टदा २ जनाको मृत्यु

कुशादेवी/ पनौती-२ सिलाभंज्याङमा मिनिट्रक पल्टिँदा २ जनाको मृत्यु भएको छ ।

कुशादेवीबाट नयाँगाँउतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल बोकेको मिनिट्रक ब्रेक फेल भई सडकबाट ६०० मिटर तल खस्दा गाडी चालक काभ्रे पनौती–२ कुशादेवीका ४० वर्षीय रविन आचार्य र बेथानचोक–२ का ५० वर्षीय शिवविक्रम तिमल्सिना (केसि)को मृत्युु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपि) राजकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार, दुवै जनाको उपचारको क्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो । 

बेथानचोक–२ बस्ने ४५ वर्षीय सारदा तिमल्सिना गम्भीर घाइते छिन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस