‘बोरा’मा निगरानी बढाएपछि ‘पोका’मा चिनी

नौलो समाचार संवाददाता
२०८० कार्तिक १६, बिहिबार मा प्रकाशित ७९६ पटक पढिएको
‘बोरा’मा निगरानी बढाएपछि ‘पोका’मा चिनी

बनेपा \ राजस्व छलेर ‘बोरा’मा ल्याएको चिनीमा प्रहरीले निगरानी बढाएपछि ‘पोकापाकी’ बनाएर ल्याउने गरेको भेटिएको छ ।

वी.पी राजमार्ग हुँदै पूर्वका जिल्लाबाट थोरै थोरै परिमाण बनाएर अवैध तरिको ल्याइएको करिब १० क्विनटल चिनी प्रहरीले काभ्रेभञ्ज्याङबाट चेकिङ गर्दा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, विहिबार प्रहरीले करिब ३३ वटा पोकामा अन्दाजी १० क्विनटल (१ हजार किलो) चिनी बरामद गरिएको थियो ।

‘ठूला परिमाणमा राजस्व छलेर ल्याएको चिनी प्रहरीले बरामद गरेपछि कारोबारीहरुले थोरै थोरै बनाएर ल्याएको पाइयो,’ डिएसपी श्रेष्ठले भने, ‘कालोबजारी गर्ने नै नियतले, सानो सानो पोका बनाएर ल्याएको पाइयो, घरायसी प्रयोजनको लागि थोरै परिमाणमा ल्याएको चिनी छोेडेका छौं ।’

प्रहरीले यसअघि कार्तिक २ गते बनेपामा पनौतीतर्फबाट आउँदै गरेको ट्रकमा अवैध तरिकाले ल्याइएको ५० किलोको ९२ वटा बारेमा ५ लाख ९८ हजार बराबरको चिनी बरामद गरेको थियो ।


प्रतिक्रिया दिनुहोस