काभ्रे/ जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती ६.४ म्याग्निच्युडको भुकम्प गएको छ ।
हालसम्म कम्तीमा ५० जनाको मृत्यु दुवै जिल्लाका सुरक्षा अधिकारी र जनप्रतिनिधिले जनाएका छन् । सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको बताइन्छ ।
नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ ।
रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र हालसम्म २८ जनाकाे मृत्यु भएकाे प्रारम्भिक जानकारी आएकाे छ ।
अन्य बिवरणहरु आउने क्रममा छ ।
प्रतिक्रिया दिनुहोस