पनौतीमा सम्पदा र्‍याली हुने

नौलो समाचार संवाददाता
२०८० कार्तिक २१, मंगलबार मा प्रकाशित २९२ पटक पढिएको
पनौतीमा सम्पदा र्‍याली हुने
तस्वीर स्रोत : इन्टरनेट

पनौती– नेपाल संवत ११४४ को अवसरमा पनौतीमा सम्पदा र्‍याली आयोजना
गरिएको छ । पनौती नेपाल र पनौती नेपाल महिला समुहले कार्तिक २८ गते १२ औ संस्करण गर्न लागेको हो ।

पनौतीको कला, संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन र मौलिक परम्पराको जर्गेना गर्ने उद्धेश्यले र्‍याली गर्दै आएको पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठले जानकारी दिए । नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने, नेपालीहरुको सुख, शान्ति, समृद्धिको कामना गर्ने, पनौती नगरपालिका र आसपासमा रहेका सम्पूर्ण झाँकी, बाजा तथा भेषभुषाहरुको प्रस्तुति र प्रचारप्रसार राष्ट्रभर गर्ने, हराएका वा नासिएका मौलिक परम्परालाई खोज अनुसन्धान गरी उजागर गर्ने,मौलिक परम्परा एक पुस्तादेखी अर्को पुस्तासम्म हस्तान्तरण गर्ने उद्धेश्य रहेको उनले बताए ।

र्‍यालीमा विभिन्न सास्कृतिक झाँकीहरु, बाजा, नाच समावेश हुने आयोजकले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस