सडक दाँयाबाँया उम्रेका गाँजाका बोट नष्ट

नौलो समाचार संवाददाता
२०८० कार्तिक २२, बुधबार मा प्रकाशित ७१६ पटक पढिएको
सडक दाँयाबाँया उम्रेका गाँजाका बोट नष्ट
तस्वीर : जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक

ढुंखर्क \ खोपासी–ढुंखर्क सडकको दाँयाबाँया उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरिक्षक कमलजंग थापाको नेतृत्वमा खटिएको २५ जना प्रहरी, शसस्त्र प्रहरीसहितको संयुक्त टोलीले बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पञ्चे डाँडा, चलालगणेस्थान, सिमपानीको सडक दायाँबाँया उम्रिएका करिब ३५ सय बोट गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायब उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस