राष्ट्रपति सडकबाट, प्रधानमन्त्री हेलिकप्टरमा

नौलो समाचार संवाददाता
२०८० मंसिर ८, शुक्रबार मा प्रकाशित ३४७ पटक पढिएको
राष्ट्रपति सडकबाट, प्रधानमन्त्री हेलिकप्टरमा
सडकमार्ग हुँदै आएका राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गर्दै केयू पदाधिकारी (पहिलो तस्वीर)मा र प्रधानमन्त्री पुष्पकमल दाहाल चढेर आएको नेपाली सेनाको हेलिकप्टर (दोस्रो तस्वीरमा ) । पहिलो तस्वीर सौजन्य : काठमाडौं विश्वविद्यालय

धुलिखेल\ संघीय राजधानी काठमाडौंबाट काठमाडौं विश्वविद्यालय (केयू) परिसर सम्मको दुरी करिब २९ किलोमिटर हो । प्रधानमन्त्री निवास बालुवाटारबाट पनि ३० किलोमिटरको दुरीमा छ काठमाडौं विश्वविद्यालय । राष्ट्रपति निवासबाट केयूसम्मको दुरी करिब ३२ किलोमिटर छ ।

तर, राजधानीबाट सहज सडक सम्पर्क भएको धुलिखेलस्थित काठमडौं विश्वविद्यालयका फरक दुई कार्यक्रममा सहभागी हुन दुई उच्च पदस्थले फरक-फरक यातायातको साधन प्रयोग गरेका छन् ।

छोटो दुरीको कार्यक्रममा आइपुग्न राष्ट्रपति रामचन्द्र पौडेलले सडकमार्ग प्रयोग गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले भने हेलिकप्टर प्रयोग गरेका छन् । २०८० असोज २४ गते नेशनल टेक्नोलोजी इनोभेसन सेन्टर उद्धघाटन गर्न आएका पौडेलले सडकमार्ग नै प्रयोग गरेका थिए ।

शुक्रवार उपकुलपतिहरुको राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री दाहालले भने ‘कार्यव्यस्तता’ को कारण देखाउँदै नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका हुन् ।

११ बजेको लाागि तय भएको कार्यक्रममा प्रधानमन्त्रीकै कारण ९ बजे सारिएको थियो । उद्धघाटन लगत्तै प्रधानमन्त्री दाहालले सम्वोधन गरेका थिए ।
हवाइमार्ग प्रयोग गर्दा जनताले ‘सास्ती’ नपाउने तर्क गरिपनि शुक्रवार हेलिकप्टर र उनको सुरक्षाको लागि उत्तिकै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस