चौकोटमा ह्विलचेयर बास्केटबल प्रतियोगिता

नौलो समाचार संवाददाता
२०८० मंसिर ९, शनिबार मा प्रकाशित ३५९ पटक पढिएको
चौकोटमा ह्विलचेयर बास्केटबल प्रतियोगिता

पनौती\ पनौती–५, चौकोटस्थित काठमाडौं युनिभर्सिटी हाइस्कुलमा ह्विलचेयर बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ ।

विभिन्न दुर्घटनामा मेरुदण्डमा चोटपटक लागेर ह्विलचेयर प्रयोग गरिरहेकाको संस्था मेरुदण्ड पक्षघात संघले प्रतियोगिता आयोजना गरेको प्रतियोगितामा ६ टिम सहभागी छन् ।

प्रतियोगिता उद्धघाटन गर्दै बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले अपांगता भएका व्यक्तिहरुले गरेको कार्यक्रमले आफुलाई समेत हौसला मिलेको भन्दै प्रदेश सरकारको तर्फवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले प्रतियोगिताले सबैको लागि प्रेरणा दिएको बताए ।

काभ्रे बहिरा विद्यालयका प्रधानाध्यापक कृष्णप्यारी नकर्मिले तिनै तहका सरकारलाई अपांगताको क्षेत्रमा काम गर्न अनुरोध गरे ।

२०७९ सालमा ९ जना मेरुदण्डमा चोट लागि ह्विलचेयर प्रयोगकर्ता मिलेर गठन भएको संघले सो अपांगता भएका व्यक्तिलाई खेलकुदका साथै आत्मनिर्भर, दक्ष बनाउन तालिमका साथै जनचेतना जगाउने काम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस