बाग्मती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी धुखिलेलमा शुरु

नौलो समाचार संवाददाता
२०८० मंसिर १०, आईतबार मा प्रकाशित २९५ पटक पढिएको
बाग्मती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी धुखिलेलमा शुरु

धुलिखेल\ बाग्मती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी धुखिलेलमा शुरु भएको छ । बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र बाग्मती प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा दुई दिवसीय गोष्ठी धुलिखेलमा शुरु भएको हो ।

साइबर अपराधको विद्यमान अवस्था, बाग्मती प्रदेशमा अपराधको प्रवृती र अपराधमा प्रविधीको प्रयोग लगायत विषयमा अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने निकायविच छलफल हुने बाग्मती प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए ।

कार्यक्रममा प्रहरी प्रधान कार्यलयको अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक टेकबहादुर तामाङले अपराधको प्रवृती फेरिएको भन्दै अपराध अनुसन्धान र सुरक्षाविच अनोन्याश्रित सम्बन्ध भएको बताए । अन्तरदेशीय प्रकृतिका साइबर अपराध बढिरहेको भन्दै टिकटक याहू, जिमेल लगायतका सेवा प्रदायकको सहयोग लिनुपर्ने अवस्था रहेको बताए । उनले गोष्ठीको अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने निकायविचको अन्तरक्रियाले उद्धेश्य प्राप्ती हुने विश्वास व्यक्त गरे ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैंडाले नेपाल प्रहरीले नागरिकमैत्री काम अघि बढाइरहेको भन्दै नेपाल प्रहरी प्रति जनताको भरोसा बढिरहेको बताए ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणका विषयमा भएका अप्ठ्याराहरु गोष्ठीमा निराकरण हुने विश्वास व्यक्त हुँदै न्याय सम्पादन सहज हुने अपेक्षा गरिन् ।

दुई दिन चल्ने गोष्ठीमा १० जिल्लाका प्रहरी प्रमुख, जिल्ला न्यायधिवक्ताहरुको सहभागिता छ ।


प्रतिक्रिया दिनुहोस