गुरुकुल सम्पन्न गर्न पनौतीमा सप्ताह

नौलो समाचार संवाददाता
२०८० मंसिर १८, सोमबार मा प्रकाशित १२१ पटक पढिएको
गुरुकुल सम्पन्न गर्न पनौतीमा सप्ताह

पनौती – पनौतीमा रहेको सचितिर्थ त्रिवेणी गुरुकुलको भौतिक पूर्वाधार निर्माणको उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ ।

पितृमोक्ष, धर्मसंस्कार र संस्कृतिको संरक्षण तथा गुरुकुलको भौतिक निर्माणमा सहयोगको उद्देश्यसहित इन्द्रेश्वर मन्दिर परिसरमा सप्ताह आयोजना गरिएको हो ।

महायज्ञमा मूल कथावाचक युवा पण्डित अच्युत भट्टराई तथा सहायक कथावाचक श्याम धिताल छन् ।

गुरुकुलमा २८ जना बटुक छन् । उनीहरुको शिक्षा दिक्षा, खाना र बसाइ व्यवस्थापन गरिएको छ । श्राद्ध लयायतका अन्य धार्मिक कार्यबाट आउने सिदा र भेटीबाट त्यसको व्यवस्थापन भइरहेको छ ।

महायज्ञ सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको सचिवायल संयोजक रामकुमार बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस