काठमाडौं विश्वविद्यालयले स्थापना दिवसमा अभिनन्दन गर्ने

नौलो समाचार संवाददाता
२०८० मंसिर २४, आईतबार मा प्रकाशित १५७० पटक पढिएको

काठमाडौं विश्वविद्यालयले स्थापना दिवसमा अभिनन्दन गर्ने

धुलिखेल \ काठमाडौं विश्वविद्यालय (केयू)ले ३२औं स्थापना दिवसको अवसरमा तीन विद्वानहरूको अभिनन्दन गर्ने भएको छ ।

मंसिर २५ गते बुधबार स्थापना दिवस समारोहमा काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्र विभागका संस्थापक डीन डा. नरेन्द्र बहादुर राणा, जर्मन कला साधक तथा काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसको सङ्गीत विभागका संस्थापक विभागाध्यक्ष प्राध्यापक गर्ट माथियास वेग्नर र पूर्व सभामुख दमननाथ ढुङ्गानालाई सम्मान गरिने प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् ।

समारोहमा डा. न्हुछेरत्न तुलाधरको पुस्तक समेत विमोचन हुने भएको छ ।






प्रतिक्रिया दिनुहोस