चौकोटको जंगलमा भेटियो मानव कंकाल

नौलो समाचार संवाददाता
२०८० मंसिर २९, शुक्रबार मा प्रकाशित ८३३ पटक पढिएको
Post Thumbnail

पनौती / पनौती नगरपालिका वडा नम्बर ५ स्थित चौकोटको जंगलमा मानव कंकाल भेटिएको छ ।

घाँस काट्न जंगल गएका स्थानीयहरूले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा अस्थिपञ्जरसहित घडी, मोबाइल भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपि) राजकुमार श्रेष्ठले जानकारी दिए ।

फेला परेको मानव कंकाल ६ महिना देखि हराइरहेका पनौती नगरपालिका वडा नम्बर ६ का ५२ वर्षीय रामशरण हुमागाईंको हुन सक्ने परिवारका सदस्यले बताएपछि प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

बरामद भएको घडी हुमागाइको भएको परिवारका सदस्यले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस