एमाले र जनता समाजवादी पार्टीका ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश

नौलो समाचार संवाददाता
२०८० पौष ६, शुक्रबार मा प्रकाशित १५७६ पटक पढिएको
एमाले र जनता समाजवादी पार्टीका ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश

बनेपा / एमाले र जनता समाजवादी पार्टीमा आवद्ध तेमाल-३, सरमथलीका ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेस काभ्रेको जिल्ला पार्टी कार्यालय बनेपामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला सदस्य मेघबहादुर तामाङ, रामबहादुर तामाङ, नेकपा एमालेको तेमाल-काठमाडौ सम्पर्क मञ्चका उपाध्यक्ष परमानन्द बम्जन, एकीकृत समाजवादी तेमाल-३ का सचिव सोमप्रसाद माझी, नेकपा एमालेका संगठित सदस्य आइतमान तामाङ लगायत ७० भन्दा बढी नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रबेश गरेका हुन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई,काभ्रेका सभापति समेत रहेका बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामा, जिल्ला उपसभापति रमेश हुमागाई, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, प्रदेश सभा १ (क) का सभापति राम योन्जन, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, नेपाली काङ्ग्रेस तेमालका सभापती ज्ञान बहादुर लामा, तेमाल ३ का वडा अध्यक्ष समेत रहेका काङ्रेस वडा सभापति बिष्णुबहादुर तामाङ लगायतले ऊनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइले प्रजातान्त्रिक बिचार नै उत्तम बिचार भएको भन्दै काङ्रेसले मात्रै देश बिकास गर्न सक्ने बताए ।

जिल्ला सभापति तिर्थ लामाले पार्टीमा उचित जिम्मेवारी दिएर काङ्ग्रेसमा संगठित गर्दै लैजाने बताए ।

नवप्रवेशी रामबहादुर तामाङले चारतारे झण्डामा आवद्ध भएर बिकास निर्माणमा सहकार्य गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस