बेथानचोकमा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता

नौलो समाचार संवाददाता
२०८० पौष २१, शनिबार मा प्रकाशित १०२ पटक पढिएको
बेथानचोकमा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता

च्याल्टी \ बेथानचोक गाउँपालिकाले आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता गरेको छ ।

वडा नं. ५ स्थित आत्मा विकास माध्यमिक विद्यालय (मा.वि)को संयोजनमा कक्षा ६ देखि ८ सम्म सञ्चालित हाजिरीजवाफमा पार्वती मा.वि. प्रथम, कृष्ण गोपाल मा.वि. द्वितीय र भूमिमाता मा.वि. तृतीय भएको छ । चक्रेश्वर मा.वि.ले सान्त्वना पुरस्कार पाएको छ ।

कक्षा १ देखि ५ सम्म विद्यार्थीविच भएको चित्रकला प्रतियोगितामा पार्वती मा.वि प्रथम, भीमसेनेश्वर मा.वि. द्वितीय, सरस्वती मा.वि. भुग्देउ तृतीय भए । गोरखनाथ प्रा.वि.ले सान्त्वना स्थान हासिल गरेको छ ।

विजयीहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकास्तरमा हुने यस प्रकारका प्रतिस्पर्धात्मक प्रतियोगिताले बेथानचोकका विद्यार्थीहरु देशैभरका ७ सय ५३ वटै पालिकामा रहेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्षम हुने अपेक्षा राखे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबा, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ६ नं. वडाका अध्यक्ष विष्णु तामाङ, बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राई, आत्माविकास माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जगत तामाङ लगायतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस