राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगितामा बनेपा प्रथम

नौलो समाचार संवाददाता
२०८० माघ १, सोमबार मा प्रकाशित १०८ पटक पढिएको
राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगितामा बनेपा प्रथम

बनेपा/ राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगितामा बनेपा नगरपालिका प्रथम भएको छ ।

प्रतियोगिता अन्तर्गत भएका विभिन्न खेलमा बनेपाले १५ स्वर्ण, ७ रजत र १० कास्य जित्दै पहिलो स्थान बनाएको हो । पनौती नगरपालिकाले १४ स्वर्ण १२ रजत र २० कास्यसहित दोस्रो र पाँचखाल नगरपालिकाले ९ स्वर्ण, १५ रजत र ९ कास्य प्राप्त गरी तेस्रो स्थान प्राप्त गरे ।

बिधागत रुपमा विभिन्न स्थानीय तहले जित हासिल गरेका छन् । जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुनेले प्रदेशस्तरीय प्रतियोगितामा भाग लिनेछन् ।

विजयी स्थानीय तह र खेलाडीहरुलाई बाग्मती प्रदेश सभा सदस्य रुकु चौलागाई र खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानविर लामा लगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

स्थानीय तह स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालयहरुको सहभागितामा राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा भलिवल, कवड्डी, हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा प्रतिस्पर्धा भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस