नेपाली कांग्रेस ठूलोपर्सेलले गर्यो सम्मान

नौलो समाचार संवाददाता
२०८० माघ ३, बुधबार मा प्रकाशित ९४७ पटक पढिएको
नेपाली कांग्रेस ठूलोपर्सेलले गर्यो सम्मान

काठमाडौं \ नेपाली कांग्रेस तेमाल गाउँपालिका वडा नं ६, ठूलोपर्सेलले पार्टीका विभिन्न भूमिकामा रहेका नेताहरुलाई सम्मान गरेको छ ।

मञ्जुश्री संवत २८६० औं डुक ल्हो सोनाम ल्होछारको अवसरमा अयाोजित शुभकामना आदानप्रदान, बधाई तथा सम्मान कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री समेत रहेका कांग्रेस जिल्ला सभापति तीर्थ लामा र सो वडाको प्रतिनिधित्व गर्दै पार्टीका विभिन्न भूमिकामा रहेकालाई सम्मान गरिएको हो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधी रहेका तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, जिल्ला सदस्य मुक्ते लामा, प्रदेश सभा क्षेत्र नं १ (क) का कोषाध्यक्ष रमेश तामाङ, तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर तामाङ, तेमाल गाउँपालिका निवर्तमान अध्यक्ष एवं अग्रज नेता सलामसिं लामा, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य विजय लामा, निवर्तमान जिल्ला सदस्य सुनिल लामा, नेपाली कांग्रेस तेमालका उपसभापति खेलबहादुर तामाङ, तेमाल वडा नं ६ का निवर्तमान इकाइ सभापति मानबहादुर तामाङ, तेमाल वडा नं ६ मा निर्वाचित वडा सदस्य सुर्यमान तामाङ, चेतबहादुर राना मगर, नक्कली कमिनी, नेपाल शिक्षक संघ तेमाल गाउँपालिका सचिव रमेशप्रसाद त्रिपाठी, ठूलोपर्सेल–काठमाडौं सम्पर्क समिति सचिव भीमबहादुर तामाङ, नेपाल तरुण दल काभ्रे जिल्ला सदस्य राजीब तामाङ, दिपेश रानामगर, क्षेत्र नं १ सभापति राज लामा, ६ नं वडा सभापति बिकेश लामालाई सम्मान गरिएको हो । मन्त्री लामाले उनीहरुलाई टिका, माला र सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले लोकतान्त्रिक विचारले मात्र सवै जात, धर्मलाई स्विकार्ने भन्दै त्यो नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । मार्क्सबादले सबैको पहिचान र अस्तित्व नस्विकार्ने भन्दै कम्युनिस्ट विचारमा जात, धर्म, संस्कार, सस्कृतीको कुनै सम्मान नहुने तर्क गरे ।

राजनीति अहोरात्र खट्नुपर्ने काम भएको भन्दै उनले पार्टी संगठन बलियो बनाउन सबै जनालाई क्रियाशिल हुन अनुरोध गरे ।

कार्यक्रममा प्रदेश सभा क्षेत्र नं १ (क) का कोषाध्यक्ष रमेश तामाङ, तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर तामाङ, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य विजय लामा,नेपाल तरुण दलका केन्द्रीय सदस्य स्मिता लामा, तेमाल वडा नं ६ का निवर्तमान इकाइ सभापति मानबहादुर तामाङ, तेमाल वडा नं ६ मा निर्वाचित वडा सदस्य चेतबहादुर राना मगर, नेपाल शिक्षक संघ तेमाल गाउँपालिका सचिव रमेशप्रसाद त्रिपाठी, ठूलोपर्सेल–काठमाडौं सम्पर्क समिति सचिव भीमबहादुर तामाङ, कार्यक्रममा तेमाल ६ का सभापति बिकुलाल मोक्तान, उपसभापति प्रबिन तामाङ, सचिव दुधराज तामाङलगायतले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस