बनेपामा सुविधायुक्त ‘इभेन्ट भेन्यू ’, निमन्त्रणा कार्ड देखि पूरोहित समेत खोजिदिने

नौलो समाचार संवाददाता
२०८० माघ ५, शुक्रबार मा प्रकाशित ५०५ पटक पढिएको
बनेपामा सुविधायुक्त ‘इभेन्ट भेन्यू ’, निमन्त्रणा कार्ड देखि पूरोहित समेत खोजिदिने
तस्वीर सौजन्य : अरविन्द्र गौतम

बनेपा \ जिल्लामा सुविधायुक्त इभेन्ट भेन्यू सञ्चालनमा आएको छ । बनेपा नगरपालिका वडा नं ७ मा लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. सञ्चालनमा आएको हो ।

इभेन्ट, सभा, सम्मेलन, मेला, गोष्ठी लगायतका कार्यक्रममा एकैपटक २५ सय जनासम्मलाई सेवा दिन सक्ने क्षमतासहित सञ्चालनमा आएको सञ्चालन रामइन्द्र न्यौपानेले जानकारी दिए ।

करिब ९ रोपनी क्षेत्रफलमा फैलिएको भेन्यूमा १० हजार वर्गफीटको सुविधा सम्पन्न हल छ । एकैसाथ १०० वटा कार तथा जीप र २०० वटा मोटरसाईकल पार्किङ्ग क्षमता रहेको कम्पनीले जनाएको छ ।

खाद्य स्वच्छता (खाना सुरक्षा) का सबै नियम पालना गर्दै गुणस्तरीय खाना तथा पेय पदार्थ (बेभरेज) को सेवा प्रदानका लागि योग्यताप्राप्त सेफसहितको टीम र सोही अनुसारको भान्साको व्यवस्था रहेको सञ्चालक न्यौपानेले जानकारी दिए ।

कम्पनीमार्फत इभेन्ट म्यानेजमेन्टको काम पनि भइरहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विभिन्न जात–जातीका धर्म, संस्कृति अनुसारका सेवाग्राहीहरुको आवश्यकता निमन्त्रणा कार्ड, भिडियो र स्टिल फोटोग्राफी क्यामेरा, ब्याण्ड–बाजा, पुरोहित(ब्राह्मण, लामा, नेवार, शाक्य), ट्रेड डिजाईन, मेकअप आर्टिस्टको सेवा पनि उपलव्ध हुने कम्पनीले जनाएको छ ।

शुलभ मूल्यमा सबै खालको गुणस्तरीय सेवा दिने उद्धेश्य रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस