विद्यार्थीलाई उद्धघोषण र सार्वजनिक भाषण कला तालिम

नौलो समाचार संवाददाता
२०८० माघ ५, शुक्रबार मा प्रकाशित २३१ पटक पढिएको
विद्यार्थीलाई उद्धघोषण र सार्वजनिक भाषण कला तालिम

ढुंखर्क \ बेथानचोक गाउँपालिकाका ३ विद्यालयका विद्यार्थीलाई उद्धघोषण र सार्वजनिक भाषण कला तालिम दिइएको छ ।

लायन्स क्लब अफ काठमाण्डौं प्रोस्पेरिटी तथा पार्वती माध्यमिक विद्यालयको संयुक्त आयोजनामा स्थानीय विद्यालयका ३८ बालबालिकालाई तालिम दिइएको पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले जानकारी दिए ।

बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले व्यक्तित्व विकास तथा प्रभावकारी सञ्चारका लागि वक्तृत्वकला मानव जीवनको अभिन्न पाटो रहेकोले तालिमले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा टेवा दिने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारप्रसाद घिमिरेले किताब भन्दा बाहिर पनि सिकाइका विविध आयाम हुुने भएकाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यस प्रकारका गतिविधिलाई तालिका नै बनाएर अघि बढ्ने बताए ।


प्रतिक्रिया दिनुहोस