पार्टीलाई सही दिशामा लैजाने काम तरुणहरुको हो : उदय शमसेर राणा

नौलो समाचार संवाददाता
२०८० माघ ६, शनिबार मा प्रकाशित ९६ पटक पढिएको
पार्टीलाई सही दिशामा लैजाने काम तरुणहरुको हो : उदय शमसेर राणा

पाँचखाल \ कांग्रेस केन्द्रीय सदस्य उदय शमसेर राणाले पार्टीलाई सही दिशामा लैजाने जिम्मेवारी तरुणहरुको भएको तर्क गरेका छन् ।

नेपाल तरुण दल पाँचखाल नगर कार्यसमिति विस्तार तथा बनभोज कार्यक्रममलाई सम्बोधन गर्दै तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष राणाले नेपाली कांग्रेस पार्टीका नेताहरुलाई मिल्नको लागि दबाब दिने काम तरुणहरुको भएको बताए ।

पाटीलाई एक ठाउँमा ल्याउने काम तरुणहरुको भएको तर्क गर्दै उनले पार्टीका राम्रा कामहरु सामाजिक सञ्जालमा मार्फत प्रचार गर्न तरुणहरुलाई अनुरोध गरे ।

पूर्व अर्थराज्यमन्त्री रहेका राणाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काम युवाहरुमा निराशा छर्ने, गाली गर्ने र ताली खाने मात्रै भएको भन्दै उनले सहकारी काण्डमा पैसा फसेकाहरुको उनले जिम्मेवारी लिनुपर्ने बताए ।

बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले युवाहरु परिचालन भए मात्रै देश विकास हुने भन्दै उद्यमशीलतामा लाग्न अनुरोध गरे । उनले तरुण दल लगायतका भातृ संस्थाहरु मजबुद भए पार्टी बलियो हुने भन्दै संगठन निर्माणमा जोड दिन अनुरोध गरे ।

कार्यक्रममा नेपाली कांग्रेस बाग्मती प्रदेश सदस्य सुनिता तामाङ, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति एवं रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रदेश सभा सदस्य उमेद्वार सुन्दरमणि आचार्य, प्रदेश सभा २ (क) का सभापति हेमकुमार तामाङ, भुम्लु गाउँपालिका सभापति एवं गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ, महाधिवेशन प्रतिनिधी सुन्दर लामा, पाँचखाल नगर सभापति सञ्जय लामा, नेपाल तरुण दलका केन्द्रीय सदस्य अशोक झा, दिल लामा, कमल तामाङ, स्मिता लामा, नेपाल तरुण दल काभ्रेका अध्यक्ष सुजन लामा, सचिव सुरज तिमल्सिना, नेपाल विद्यार्थी संघ काभ्रेका अध्यक्ष अञ्जनराज खतिवडा, नेपाल तरुण दल पाँचखाल नगर अध्यक्ष विकास लामा लगायतले पार्टीलाई एकजुट र मजबुद बनाएर लैजानुपर्ने बताए ।

करिब १ हजार जनाको सहभागितामा भएको कार्यक्रममा लोक दोहोरी गायिका बबिता बानियाँ (जेरी), विजय बाँनियाको प्रस्तुतीमा रमाएका थिए ।


प्रतिक्रिया दिनुहोस