आमाको स्मृतीमा स्थापित कोषमा रकम बृद्धि

नौलो समाचार संवाददाता
२०८० माघ ११, बिहिबार मा प्रकाशित ४१७ पटक पढिएको
आमाको स्मृतीमा स्थापित कोषमा रकम बृद्धि

पनौती \ एक दम्पतीले आमाको स्मृतीमा पनौती–८ स्थित भालेश्वर माध्यमिक विद्यालयमा स्थापित कोषमा रकम थप गरेका छन् ।

पनौती निवासी ध्रुव दाहाल र श्रीमती गिता तिमल्सिना दाहालले आमा विन्दादेवी दाहालको स्मृतीमा स्थापना गरेको कोषमा ५० हजार रुपैयाँ थप गरेका हुन् ।

दाहाल दम्पतीले यसअघि १ लाख १ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गरेका थिए ।

बिहिबार श्रीमती गिता तिमल्सिना दाहालले थप गरिएको रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र के.सी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोषकुमार केसी र प्रधानाध्यापक रामचन्द्र थापालाई हस्तान्तरण गरिन् ।

दाहाल उक्त विद्यालय व्यवस्थापन समितिको सदस्य समेत हुन् ।

चेक हस्तान्तरण गर्दै दाहालले प्रत्येक बर्ष रकम थप गर्दै लैजाने प्रतिवद्धता जनाइन् ।

अध्यक्ष के.सीले सहयोगप्रति आभार प्रकट गर्दै सदुपयोग हुने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस