आगलागीपीडितलाई कांग्रेसले गर्यो सहयोग

नौलो समाचार संवाददाता
२०८० माघ १५, सोमबार मा प्रकाशित १६९ पटक पढिएको
आगलागीपीडितलाई कांग्रेसले गर्यो सहयोग

तेमाल \ आगलागीबाट घरमा क्षति भएका तेमालका एक स्थानीयलाई नेपाली कांग्रेसले जस्तापाता सहयोग गरेको छ ।

कांग्रेसको भातृ संस्था नेपाल तरुण दल प्रदेश सभा क्षेत्र नं १ का सभापति रामध्वज (आर.डी) लामा र कांग्रेस प्रतिनिधी सभा क्षेत्र नं १ का सदस्य शंकरमान तामाङले तेमाल गाउँपालिका वडा नं २, फुलडाँडा निवासी आसमान तामाङलाई करिब ८० हजार रुपैयाँ बराबरको साढे ५ बण्डल रंगिन जस्तापाता र किला, काँटा सहयोग गरेका हुन् ।

२०८० पुष १६ गते विद्युत सर्ट भइ तामाङको घरमा आगलागी भएको थियो ।

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, क्षेत्र नं १ (क) का सभापति राम योञ्जन, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङलगायतको उपस्थितीमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेसले यसअघि तेमाल वडा नं २ को संयोजकत्वमा ५१ हजार रुपैयाँ सहयोग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस