नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रेले गर्यो साधारणसभा

नौलो समाचार संवाददाता
२०८० माघ २०, शनिबार मा प्रकाशित २३७ पटक पढिएको
नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रेले गर्यो साधारणसभा

बनेपा  \  नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाले पाँचौं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न गरेको छ ।

नेवार समुदायबाट पत्रकारितमा कृयाशिलहरुको संस्था दबूले बनेपामा पाँचौ बार्षिक साधारण सभा गरेको हो ।

कार्यक्रममा सचिवको तर्फबाट सहसचिव विपाशना शाक्यले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्षको तर्फबाट अध्यक्ष सोमकाजी शाक्यले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले केन्द्रीय समितिमार्फत विभिन्न दबाबमूलक कार्यक्रमहरु गरिरहेको भन्दै काभ्रे शाखाको कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्न दबूको तर्फबाट आवश्यक सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।

वार्षिक साधारण सभामा केन्द्रीय सल्लाहकार मोहन दुवाल, नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना,  केन्द्रीय पार्षद एवं काभ्रे शाखाका सल्लाहकार सूर्यप्रसाद लाकोजू, प्रदेश पार्षद एवं काभ्रे शाखाका निवर्तमान अध्यक्ष सिद्धिबहादुर कर्माचार्य, काभ्रे शाखा अध्यक्ष सोमकाजी शाक्य, उपाध्यक्ष शम्भुलाल श्रेष्ठ लगायतले काभ्रेको पत्रकारिता क्षेत्रको विकासका साथै नेपाल भाषाको संरक्षण र प्रवद्र्धनमा दबूले भूमिका खेल्नुपर्ने चर्चा गरे ।


प्रतिक्रिया दिनुहोस