पनौतीबाट ठूलो परिमाणमा गाँजा बरामद

नौलो समाचार संवाददाता
२०८० माघ २२, सोमबार मा प्रकाशित १२५ पटक पढिएको
पनौतीबाट ठूलो परिमाणमा गाँजा बरामद

पनौती \ प्रहरीले पनौतीबाट ठूलो परिमाणमा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहान पनौती–बनेपा सडक खण्डमा सवारी जाँच गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको बा. ६ च. २९६ नम्बरको गाडीमा ७३ वटा बोरामा राखेर ल्याइएको २ सय ८५ केजी काटेको, हरियो देखिने अप्रशोधित लागूऔषध (गाँजा) बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीले गाँजासहित नुवाकोट विदुर–११ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने वर्ष ३५ को बुद्धमान तामाङ, रामेछापको रामेछाप– ८ घर भई बालाजुमा नै डेरा गरी बस्ने वर्ष २० को सञ्जिव तामाङ र सोही स्थान बस्ने वर्ष ५३ कि विमला तामाङलाई पक्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस