काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले मनायो रजत जयन्ती

नौलो समाचार संवाददाता
२०८० माघ २५, बिहिबार मा प्रकाशित ११५ पटक पढिएको
काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले मनायो रजत जयन्ती

पनौती ÷ पनौतीस्थित काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले स्थापनाको २५ औं बार्षिकोत्सव (रजत जयन्ती) मनाएको छ ।

बिहिबार शिक्षक, विद्यार्थी सम्मान, स्मारिका विमोचन गरी सास्कृतिक कार्यक्रमसहित विद्यालयले रजत जयन्ती मनाएको हो ।

धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले रजत जयन्ती समारोह उद्धघाटन गरेका थिए । उनले व्यवहारिक र नैतिक शिक्षा अहिलेको आवस्यकता भएको भन्दै शिक्षामा लगानी बढाउन सबैमा अनुरोध गरे ।

कार्यक्रममा पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहाल, प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार, अभिभावक रामकुमार सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवा, सदस्य सचिव रामशरण लुइटेल, सदस्य शान्तीराज कायस्थ, प्राचार्य बसन्तराज नेपाल, सहायक प्रिन्सिपल सन्तकुमार श्रेष्ठ लगायतले शिक्षा क्षेत्राबारे चर्चा गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षकलगायतलाई सम्मान गरिएको थियो । विद्यालयको स्मारिका ‘कारिका’ विमोचन गरियो ।

प्राचार्य नेपालका अनुसार, पनौतीस्थित विद्यालयमा करिब ११ सय विद्यार्थी अध्ययनरत छन् ।

काभ्रे जिल्लाकै उत्कृष्ट नीजि विद्यालय मध्येको एक काभ्रे इङ्गलिश माध्यमिक विद्यालयका छात्र समिर श्रेष्ठले २०६१ सालको एसएलसी परिक्षामा बोर्ड प्रथम स्थान हासिल गरेका थिए ।

त्यसपछिका परिक्षामा पनि काभ्रे इङ्गलिश मा.विले उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस