च्यासिंखर्कमा एकैदिन स्वास्थ्यचौकी र मोटरबाटो शिलान्यास

नौलो समाचार संवाददाता
२०८० फागुन ३, बिहिबार मा प्रकाशित १४८ पटक पढिएको
च्यासिंखर्कमा एकैदिन स्वास्थ्यचौकी र मोटरबाटो शिलान्यास

बेथानचोक /  बेथानचोक गाउँपालिका –५ च्यासिंखर्कमा एकैदिन दुई योजना शिलान्यास गरिएको छ ।

वडा नं. ५ मा संघीय अनुदानमा बन्ने स्वास्थ्यचौकी भवन र मोटरबाटो गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गरेका हुन् ।

बहुबर्षीय ठेक्काको स्वास्थ्यचौकीको भवनको लागि पहिलो बर्ष १ करोड १० लाख ६० हजार ३ सय ४८ रुपैयाँको निर्माण गर्ने गरी सान्भी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का सम्झौता गरेको छ ।

बाग्मती प्रदेशको समपुरक शीर्षकको कपेर महांकाल चौकीडाँडा सडक पनि बिहिबार नै अध्यक्ष अधिकारीले शिलान्यास गरे । बिनियोजित २ करोड बजेटमा मान्सा कन्ष्ट्रक्शन एण्ड सप्लायर्स प्रा.लि. ले ८९ लाख ८१ हजार ७ सय ४ रुपैयाँमा सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष अधिकारीले विकास निर्माण कार्यक्रममा प्रत्यक्ष रुपमा अनुगमन/निगरानी गर्ने काम स्थानीय तहले गर्ने बताए ।

बेथानचोक गाउँपालिका वडा नं.५ का अध्यक्ष राजकुमार वाइबाले आयोजनालाई स्तरीय ढंगले निर्माण सम्पन्न गराउन सबै पक्षको हातेमालो आवश्यक भएको बताए ।


प्रतिक्रिया दिनुहोस