बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव बनेपामा शुरु

नौलो समाचार संवाददाता
२०८० फागुन ४, शुक्रबार मा प्रकाशित १२३२ पटक पढिएको
बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव बनेपामा शुरु

बनेपा /  बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० शुक्रबारबाट बनेपामा शुरु भएको छ ।

जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बनेपा नगरपालिकाको आयोजना, काभ्रे उद्योग वाणिज्य संघको व्यवस्थापनमा, जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा फाल्गनु ४ देखि ७ गतेसम्म बनेपास्थित करुणामार्गमा हुने महोत्सव राष्ट्रपति रामचन्द्र पौेडेलले शुक्रवार उद्धघाटन गरेका हुन् ।

काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गर्नुको साथै कृषि पेशामा लाग्नका लागि नागरिकहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ आयोजना गरिएको मूल आयोजक समिति संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जानकारी दिए ।

महोत्सवमा कृषि प्रविधी, रैथाने बाली, खाद्यान, विउ, ताजा तरकारी, भर्मि कम्पोष्ट, दुग्धजन्य उपज, लप्सी क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपजहरु, बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घिउ, कोल्ड च्याम्बर प्रविधि लगायत सामाग्रीका १ सय भन्दा बढी स्टल छन् ।

महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालहरुका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरता सम्बन्धी सेमिनार, कृषकहरुका रैथाने प्रविधिहरुको प्रर्दशन, उन्नत बीउ विजन, यन्त्र, औजार, उपकरण अन्य सामाग्रीहरुको विक्री वितरण, स्थलगत बाली तथा माटो शिविर गर्ने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया दिनुहोस