फाल्गुन १३ बाट काभ्रेमा एकिकृत खोप अभियान

नौलो समाचार संवाददाता
२०८० फागुन ६, आईतबार मा प्रकाशित १३५ पटक पढिएको
फाल्गुन १३ बाट काभ्रेमा एकिकृत खोप अभियान

धुलिखेल /  जिल्ला खोप समन्वय समिति काभ्रेले फाल्गुन १३ गतेबाट जिल्लामा एकिकृत खोप अभियान सञ्चालन गर्न लागेको छ ।

दादुरा/ रुबेला विरुद्धको राष्ट्रिय खोप अभियानकैसंगै छुट भएका अन्य नियमित खोप पनि लगाइने समन्वय समितिका सदस्य सचिव समेत रहेका स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका निमित्त प्रमुख अनिता खनालले जानकारी दिइन् ।

खनालका अनुसार, अभियान अन्तर्गत ९ महिनादेखि ५ बर्षसम्मका २३ हजार ९ सय ९ सय ५८ बालबालिकालाइ दादुरा/ रुबेला विरुद्धको खोप लगाइनेछ ।

खानीखोला र महाभारत बाहेकका स्थानीय तहमा पहिलो चरणमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोप लगाएपछि व्यक्तिमा हुन सक्ने अवाञ्छित घटना व्यवस्थापनको लागि ५ जना मेडिकल अधिकृतसहितको टोली तयार रहेको खनालले जानकारी दिइन् ।

स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन पदमराज कैनीका अनुसार, ३ सय ९३ खोप केन्द्रमा ३ सय ९३ खोपकर्ता र ७ सय ८६ स्वंयमसेवक परिचालन गरिएको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले लक्षित वर्ग नछुट्याइ अभियान सञ्चालन गर्न अनुरोध गरे ।

जिल्ला खोप समन्वय समितिका सदस्य समेत रहेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अभियान सफल पार्न सबैको हातेमालो आवस्यक भएको भन्दै अवान्छित घटना हुन नदिन सबै तयारी अवस्थामा रहनुपर्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस