काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव : सास्कृतिक कार्यक्रम र स्टल दुवै खचाखच

नौलो समाचार संवाददाता
२०८० फागुन ६, आईतबार मा प्रकाशित ३०६ पटक पढिएको

काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव : सास्कृतिक कार्यक्रम र स्टल दुवै खचाखच

बनेपा /  फाल्गुन ४ गतेदेखि बनेपामा जारी बृहत कृषि महोत्सवको मुख्य आकर्षण कृषकले उत्पादन गरेका रैथाने कृषि उपज, कृषि औजार, दुग्धजन्य, तरकारीजन्य उत्पादनहरु हुन् । यसका अलावा हरेक दिन हुने सास्कृतिक कार्यक्रममा पनि दर्शकको आकर्षण गरेका छन् ।

महोत्सवका सास्कृतिक कार्यक्रम र कृषि स्टल दुवैमा अवकोलन गर्नेको भीड लागेको छ ।

महोत्सवका स्टलमा राखिएका कृषि प्रविधी, रैथाने बाली, खाद्यान, विउ, ताजा तरकारी, भर्मि कम्पोष्ट, दुग्धजन्य उपज, लप्सी क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपजहरु, बुद्धचित्त माला, मह,, हस्तकलाका सामाग्री, एभोकाडो, सिताके च्याउ, पनिर, खुवा, लोकल चामल, घिउ, कोल्ड च्याम्बर प्रविधि लगायका स्टलमा जानकारी लिने, खरिद गर्नेको भीड लागेको छ ।

विदाका दिन परेका कारण पनि स्टलहरुमा भीड छ । हालसम्म ५० हजारजना भन्दा बढीले अबलोकन गरिसकेको महोत्सव मूल आयोजक समितिका संयोजक रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जानकारी दिए ।

हरेक दिन आयोजना भएका सास्कृतिक कार्यक्रमम पनि दर्शक खचाखच छन् । राष्ट्र स्तर र स्थानीय कलाकारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् ।

उद्धघाटनको दिनमा गायक जीवन शर्मा, चेतन सापकोटा, जितु लोप्चन, विशाल काल्तान लगायतको गितमा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितका अतिथीदेखि दर्शकहरु सबैले कम्मर मच्चाए । हास्यकलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुतीमा सबैले भरपुर मज्जा लिए ।

शनिवार चर्चित गायक एलिना चौहान, प्रताप दास,मञ्जु पौडेल, गोकुल राउत, अमृत खाती, अमृता लुंगेली मगरको गितमा रमाएका दर्शकले राती सवा ८ बजेसम्म बसेर कलाकार मनोज गजुरेलको प्रस्तुती हेरे ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान काभ्रेका अध्यक्ष धनपति दाहाल लगायत कलाकारले पनि हरेक दिन आफ्नो प्रस्तुतीमार्फत माहोल सिर्जना गरिरहेका छन् ।

आइतबार गायक रचना रिमाल, लोक तथा दोहोरी गायिक शान्ती श्री परियार, खुमन अधिकारी लगायतको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

समापनको दिन आइतबार लोक तथा दोहोरी गायक बद्रि पंगेनी, नवराज घोरसाइने, हास्य कलाकार सुवोध गौतमको प्रस्तुती छ ।


प्रतिक्रिया दिनुहोस