बनेपामा सितोरियो कराँते प्रतियोगिता हुने

नौलो समाचार संवाददाता
२०८० फागुन २२, मंगलबार मा प्रकाशित ९९ पटक पढिएको
Post Thumbnail

बनेपा  / काभ्रे कराँते एकेडेमीको आयोजनामा चैत २ र ३ गते बनेपामा सितोरियो कराँते प्रतियोगिता हुने भएको छ ।

नेपाल कराँते महासंघ काभ्रे र नेपाल सितोरियो कराँते संघ काभ्रेको सह–आयोजना तथा बनेपा नगरपालिकाको मुख्य सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

नेपाल कराँते महासंघ र नेपाल सितोरियो कराँते संघ काभ्रेले प्रतियोगिताका लागि प्राविधिक सहयोग गर्नेछन् ।

बनेपास्थित लायकु मञ्चमा हुने प्रतियोगितामा २१ तौल समूहमा २ सय ५० देखि ३ सय खेलाडी सहभागी हुने काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धरले जानकारी दिए । महिलातर्फ १० र पुरुषतर्फ ११ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

एकेडेमीले प्रशिक्षणका अलावा तालिम, गोष्ठी समेत सञ्चालन गर्दै आएको महासचिव श्यामसुन्दर कुँवरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस