अन्तर्राष्ट्रिय महिला दिवसमा बाइक ‘राइड’

नौलो समाचार संवाददाता
२०८० फागुन २५, शुक्रबार मा प्रकाशित ९७ पटक पढिएको

अन्तर्राष्ट्रिय महिला दिवसमा बाइक ‘राइड’

बनेपा / अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर करिब ५० जना वाईक राइडर तथा स्कुटर राइडर महिलाले र्याली गरेका छन् ।

नेपाल अटोमोवाईल एसोसियसन (नासा) नेपाल अन्तर्गत वमेन कमिसनले काठमाण्डौ देखि बनेपासम्म र्याली गरेको हो ।

काठमाण्डौ छाउनीबाट शुरु भएको र्याली बनेपा नगरपालिका प्रांगणमा समापन भएको थियो ।

नासा नेपालले विगत १५ वर्ष देखि मोटर स्पोर्टस् र ड्राईभ टुरिजमका पारखीहरुले नयाँ –नयाँ कार्यक्रमहरु आयोजना गर्ने गरेको छ । यो सामान्य र्याली मात्र नभई सुरक्षित यात्रा, ट्राफिक नियम पालन, र यात्रा गर्दा अपनाउनु पर्ने सुरक्षाको सन्देश पनि दिने कार्यक्रमका संयोजक दुर्गा लक्ष्मी रन्जितकारले जानकारी दिइन् ।

अटोमोवाईल खलेक्षेत्रमा लोकप्रियता र रुचि दिने युवाहरु विश्वमा प्रतिदिन बढ्दै गैरहेको र नेपालमा पनि यो खेल युवाहरु माझ लोकप्रिय बन्दै गइरहेको छ ।

र्यालीलाई बनेपामा नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका संघसंस्थाले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस