मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन राष्ट्रपतिद्वारा उद्धघाटन

नौलो समाचार संवाददाता
२०८० फागुन २७, आईतबार मा प्रकाशित १८८ पटक पढिएको
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन राष्ट्रपतिद्वारा उद्धघाटन

महादेवस्थान / राष्ट्रपति रामचन्द्र पौडेलले मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन उद्धघाटन गरेका छन् ।

आइतबार एक समारोहविच राष्ट्रपति पौडेलले नगरपालिकाको प्रशासनिक भवन उद्धघाटन गरेका हुन् ।

१६ करोड १९ लाख ७९ हजारको लागतमा तयार भएको भवनको लागि संघीय समपुरकबाट १ करोड ८० लाख रुपैयाँ, जिल्ला समन्वय समिति काभ्रेपाञ्चोकबाट २ करोड रुपैयाँ, संघीय अनुदान (डोलिडार) बाट २ करोड ४० लाख रुपैयाँ तथा बाँकी रकम नगरपालिबाट स्रोत साझेदारी गरी बजेट ब्यवस्थापन गरिएको थियोे ।

लिफ्टसहितको भवनमा साना–ठूला गरी ६२ वटा कोठा छन् । २ वटा हल, अपांगमैत्री, लैंगिकमैत्री शौचालय निर्माण गरिएका छन् ।

२०८० असोज ३ गतेदेखि नै नगरपालिकाले सोही भवनबाट सेवा दिदै आएको छ ।

नगरपालिका परिसरमा नै निर्माण गरिएको हेलिप्याड उद्धघाटनका साथै नगरपालिकाको लोगो अनावरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस