स्थापना दिवसमा चार कर्मचारी पुरस्कृत

नौलो समाचार संवाददाता
२०८० फागुन २७, आईतबार मा प्रकाशित १८२ पटक पढिएको

स्थापना दिवसमा चार कर्मचारी पुरस्कृत

रोशी /  रोशी गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन भएका चार जना कर्मचारीलाई स्थापना दिवसको अवसरमा पुरस्कृत गरेको छ ।

८औँ स्थापना दिवसको अवसरमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङलाई उत्कृष्ट रोशी सेवा पुरस्कार प्रदान गरियो ।

अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइवाले तामाङलाई नगद २५ हजारसहित सम्मानपत्र, मेडल, दोसल्लाले सम्मान गरेका हुन । गाउँपालिकाका जिन्सि शाखा प्रमुख जयप्रसाद गजुरेल, वडा नं. ११ का वडासचिव मानबीर लामा र लेखा शाखाका कम्प्युटर अपरेटर पेमा नाम्गेल लामालाई जनही १० हजार रुपैयाँसहित सम्मानपत्र, मेडल, दोसल्ला प्रदान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले उत्कृष्ट कार्यसम्पादन भएका कर्मचारीलाई प्रोत्साहन गर्न पुरस्कृत गरिएको बताए ।  जनप्रतिनिधिहरूको योजना र कर्मचारीहरूको मिहेनतले गाउँपालिका सबै क्षेत्रमा उत्कृष्ट हुदै गएको दाबी गरे ।

गाउँपालिका उपाध्यक्ष वाईवाले गाउँपालिका बनेपछि सबै क्षेत्रको विकासमा सहयोग पुगेको बताउदै जनप्रतिनिधिको योजना र भिजन पूरा गर्न कर्मचारीको सहयोग चाहिने तर्क गरे ।

प्रमुख प्रशासकीय अधिकृत तामाङले जनप्रतिनिधिको सपना साकार गर्न कर्मचारीहरू दत्तचित्त भएर लागेको बताए ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. ७ का वडाध्यक्ष अशोक गौतम लगायतले उत्कृष्ट काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दण्डीत गर्ने अभ्यासको शुरुवात भएको बताए ।


प्रतिक्रिया दिनुहोस