बनेपाबाट नक्कली नोटसहित युवक पक्राउ

नौलो समाचार संवाददाता
२०८० चैत्र २, शुक्रबार मा प्रकाशित २१२ पटक पढिएको

बनेपाबाट नक्कली नोटसहित युवक पक्राउ

बनेपा / प्रहरीले नक्कली नोटसहित एक जनालाई बनेपाबाट पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त प्रहरी टोलीले बनेपा नगरपालिका वडा नं ५ स्थित एच. एम मोबाइल केयर सेन्टरमा खानतलासी गरि बेथानचोक गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २५ को सबिन हुमागाईलाई पक्राउ गरेको हो ।

पसलबाट एक हजार दरका नक्कली नोट ६९ वटा र ५ सय दरको नक्कली नोट एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परीसर कार्यालय ललितपुरमा पठाईएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले कलर प्रिन्टर एक वटा, ल्यापटप एक वटा, आइफोन एक वटा र पैसा प्रिन्ट गर्ने फोटोकपी पेपर एक रिम समेत बरामद गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस