प्रजातन्त्र सेनानी अधिकारीको निधन

नौलो समाचार संवाददाता
२०८० चैत्र २४, शनिबार मा प्रकाशित ११७ पटक पढिएको
प्रजातन्त्र सेनानी अधिकारीको निधन

पाँचखाल / पाँचखाल निवासी प्रजातन्त्र सेनानी कोमलप्रसाद अधिकारीको चैत्र २४ गते शनिवार निधन भएको छ ।

नेपाली कांग्रेस काभ्रेका संस्थापक सभापति स्व. सप्तलाल ताम्राकारको सभापतित्वमा २०३४ सालमा जिल्ला कार्यसमिति गठन हुँदा संस्थापक सदस्य रहेका अधिकारीको शनिवार निधन भएको हो । २०४८ सालसम्म उनले जिल्ला कार्यसमिति रहेर काम गरेका थिए ।

अधिकारी हाल कांग्रेसले गठन गरेको जेष्ठ राजनीतिक सभाका सदस्य थिए ।

अधिकारीको पार्थीव शरीरमा कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले शोक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गर्दै पार्टीलाई अपुरणीय क्षति भएको जनाएका छन् । अधिकारीको सकृय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने काभ्रे कांग्रेसले जनाएको छ ।

२०४२ सालको सत्याग्रहमा छ महिना जेल जीवन बिताएका अधिकारीले देशमा बहुदलीय प्रजातन्त्र पूनःस्थापनाको लागि अथक संघर्ष र अमूल्य योगदान पु¥याएका थिए ।

उनको निधनमा नेपाली कांग्रेस काभ्रेले चैत्र २४, २५ र २६ गते तीन दिन सम्म पार्टीको जिल्ला देखि वडा सम्मको कार्यालयहरुमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै औपचारिक कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको छ ।

२५ गते आइतबार पार्टीको जिल्ला देखि वडा सम्मको कार्यालयहरु बन्द रहने पनि शोक विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस