पनौती वडा नं ९ को कार्यालय भवन शिलान्यास

नौलो समाचार संवाददाता
२०८० चैत्र २८, बुधबार मा प्रकाशित ७३ पटक पढिएको
पनौती वडा नं ९ को कार्यालय भवन शिलान्यास

पनौती /  पनौती नगरपालिका वडा नं ९ को कार्यालय भवन शिलान्यास गरिएको छ ।

विहिबार पनौती नगर प्रमुख रामशरण भण्डारीले भवन शिलान्यास गरेका हुन् ।

नगरपालिकाको आन्तरिक आम्दानीबाट ३ करोड ५० लाख ३६ हजार ९ सय ७४ रुपैयाँ ७९ पैसामा सम्झौता भएको निर्माण ठेक्का श्री भावना/ हेमगंगा (जे.भी) ले पाएको छ । २०८२ साल भदौ ९ गतेसम्म सम्पन्न हुने गरी सम्झौता भएको वडाअध्यक्ष सहकुलकुमार हुमागाईले जानकारी दिए । वडाअध्यक्ष हुमागाईले भवन बनेपछि सेवाप्रवाह थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

शिलान्यास गर्दै नगर प्रमुख भण्डारीले नगरवासीलाई छिटो, छरितो सेवा प्रवाहको लागि सवै वडालाई भौतिक लगायतका पूर्वाधार विकास गर्दै लगिएको बताए । वडा नं ५ को हालसालै शिलान्यास भएको छ भने वडा नं ८ को तयारी छ ।

शिलान्यासमा विभिन्न वडाका अध्यक्ष, स्थानीय र सरोकारवालाहरुको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस