घर वरिपरि सकेट बम राखेर बुद्धचित्तको बोट काटियो

नौलो समाचार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार मा प्रकाशित २६१ पटक पढिएको
घर वरिपरि सकेट बम राखेर बुद्धचित्तको बोट काटियो

रोशी / अज्ञात समुहले रोशी गाउँपालिका वडा नम्बर ५, नागवेलिमा ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्त मालाको बोट काटेको छ ।

राती अन्दाजी १ बजे १५/२० जनाको समुहमा आएर बोट काटेको जानकारी ईलाका प्रहरी कार्यालय मंगलटारमा आएलगत्तै प्रहरी परिचाल्न गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक (डिएसपि) राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, घरको ढोका र आगनमा ४ वटा घरेलु सकेट बम राखिएको र नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तामाङले उक्त बोटवाट बार्षिक लाखौं आम्दानी लिने गरेकी थिइन् । परिवारले दिएको जानकारी अनुसार, आगामी ५ बर्षका लागि बार्षिक ३ करोड दिने शर्त थियो ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा लगायत पदाधिकारीले पनि घटनास्थल अवलोकन गरि जानकारी लिएका थिए ।


प्रतिक्रिया दिनुहोस