पुलबजारमा सञ्चालनमा आयो सुविधायुक्त फिटनेस सेन्टर

नौलो समाचार संवाददाता
२०८१ बैशाख २, आईतबार मा प्रकाशित ९४० पटक पढिएको
पुलबजारमा सञ्चालनमा आयो सुविधायुक्त फिटनेस सेन्टर

बनेपा /  बनेपा–१०, पुलबजारमा सुविधायुक्त फिटनेस सेन्टर ‘जेनी फिटनेस’ सञ्चालनमा आएको छ ।

विगत ७ बर्षदेखि फिटनेस प्रशिक्षक रहेकी जेनी घिसिङले व्यवसायिक रुफमा फिटनेस सञ्चालनमा ल्याएकी हुन् ।

करिब साढे ३ करोडको लगानी भएको फिटनेस सेन्टरमा आधुनिक उपकरण सहित जिम, कार्डियो, जुम्बा, बक्सिङ, साउना, स्टिम, क्याफेसहितको सुविधा रहेको सञ्चालक घिसिङले जानकारी दिइन् । ‘करिब ७ बर्ष मैले प्रशिक्षकको रुपमा काम गरे, फिटनेस सेन्टर चलाउने मेरो बाल्यकालदेखिकै सोच हो,’ घिसिङले भनिन्, ‘त्यही सोच पुरा गर्न अहिले व्यवसाय नै शुरु गरेका हुँ ।’

व्यायाम गर्नाले शारिरीक तन्दुरुस्ती हुने भएकाले यसको महत्व रहेको उनले बताइन् ।

बाग्मती प्रदेश सभा सदस्य रहेका पूर्वमन्त्री तीर्थ लामाले उद्धघाटन गर्दै स्वास्थ्य जीवनको लागि व्यायाम आवस्यक भएको बताइन् । युवा अवस्थामा युवा लक्षित व्यवसाय सञ्चालन गरेको भन्दै उनले सफलताको कामना गरे ।

उद्धघाटन कार्यक्रममा विभिन्न जिम प्रशिक्षक, खेल र सञ्चार क्षेत्रका प्रतिनिधीहरुको सहभागिता थियो ।

 


प्रतिक्रिया दिनुहोस