पनौतीको मुक्तिनाथ मन्दिरमा दोश्रो ब्रम्होत्सव सोमबारबाट

नौलो समाचार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार मा प्रकाशित ६९ पटक पढिएको
पनौतीको मुक्तिनाथ मन्दिरमा दोश्रो ब्रम्होत्सव सोमबारबाट
तस्वीरः देवराज केसी

बासघारी/ पनौती वडा नम्वर ५, बाँसघारीस्थित मुक्तिनाथ मन्दिरमा दोश्रो ब्रम्होत्सव आयोजना गरिएको छ ।

श्री मुक्तिनाथ मन्दिर संरक्षण समितिले पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो ।

बैशाख १६ गते पुर्वाङ्ग गरि सुरु गरिने ब्रम्होत्सव १९ गते सम्म मुल आयोजक समितिका संयोजक राजेन्द्र थापाले जानकारी दिए ।

पुर्वाङ्गका दिन विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्कारारोपण ब्राम्हणवरण, अग्निप्रतिष्ठा, ध्वजारोहण हुनेछ । बैशाख १७ गते द्धारतोरणपुजनम, चतुस्थानार्चन, नित्यहोम, नित्यपूर्णाहुति हुनेछ । सोही दिन श्रीदेवी, भुदेवी बल्लभ श्री मुक्तिनाथको यात्रोत्सव (नगर परिक्रमा) हुने प्रचार प्रसार समितिका संयोजक भोला थापाले जानकारी दिए ।

बैशाख १८ गते नित्यपुजाका साथै महापुर्णाहुति र मध्यान्हपछि १ सय ८ कलशद्वारा श्रीदेवी, भुदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको महाभिषेक, श्रीपुष्पयागम, द्वादशाराधना, सत्तावरणम्, ध्वजावरोहण, सम्भावना हुनेछ । बैशाख १९ गते मुक्तिनाथ भगवानको महाभिषेध हुने आयोजकले जानकारी थिए ।

२०७४ साल असोज ७ गते शिलान्यास गरिएको मन्दिर २०७८ असोज २५ गते सोमबारबाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस