भीमखोरीमा आयुर्वेद स्वास्थ्य शिविर, १ सय ५७ जनाले सेवा लिए

नौलो समाचार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार मा प्रकाशित ८० पटक पढिएको
भीमखोरीमा आयुर्वेद स्वास्थ्य शिविर, १ सय ५७ जनाले सेवा लिए

रोशी / रोशी गाउँपालिका वडा नं ११, भीमखोरी डाँडामा आयुर्वेद सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

गाउँपालिकाको आयुर्वेद शाखाले गरेको शिविरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कार्यालयका आयुर्वेद चिकित्सक, कविराज, वैद्यहरुले स्वास्थ्य परिक्षणसँगै निशुल्क औषधी वितरण गरेका थिए । १ सय ५७ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले शुभारम्भ गरेको कार्यक्रममा आयुर्वेद चिकित्सक डा. वंशवदा कौण्डिन्यायनी, पतञ्जली आयुर्वेद अस्पतालका डा. चन्द्रकिशोर यादव, कविराज निरिक्षक सविता गौतम, वरिष्ठ वैद्य रुमाकुमारी झा, रौशन रायले स्वास्थ्य सेवा दिएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले प्रत्येक बर्ष पालिकाका २/३ स्थानमा आयुर्वेद सम्बन्धी स्वास्थ्य शिविर गर्दै आएको बताए । उनका अनुसार, वैशाख ११ गते वडा नं १, २ र ३ लाई लक्षित गरेर लक्ष्मीनारायण माविमा शिविर गरिएको थियो । १ सय ५५ जनाले सेवा लिएका थिए ।

गतबर्ष वडा नं ८ र ९ मा शिविर भएको थियो ।


प्रतिक्रिया दिनुहोस